‘पासवर्ड’ १२ देशका २४ शहरमा एक साथ रिलिज हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ:भदौ २७ देखि अल नेपाल रिलिज हुने चलचित्र ‘पासवर्ड’ले विदेश रिलिज क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालको एक साता पछाडी एसिया, अमेरिका, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा एकै दिन चलचित्र रिलिज हुनेछ । निर्माता अजित के आर थापाले दिएको जानकारी अनुसार सेप्टेम्बर २० अर्थात असोज ३ देखि १२ देशका विभिन्न २४ शहरमा प्रदर्शन हुनेछ । अमेरिकाको टेक्सास, क्यालिफोर्निया र कोलोराडोमा प्रदर्शन हुने चलचित्र भारतको दार्जिलिङ, सिलिगुरी र सिक्किममा पनि रिलिज हुनेछ ।

यस्तै अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, क्यानबेरा, गोल्ड कोस्ट र पर्थ, युकेको लण्डन, जापानको टोकियो, योकोहामा र ओसाका, कोरियाको सियोल, युनाइटेड अरब इमिरेटको आबु धावी र दुबई, क्यानडाको क्युबेक सिटी, पोर्चुगलको लिस्बोन, पोल्याण्डको वर्स, जर्मनीको बर्लिन र मलेसियाको क्वालालम्पुरमा चलचित्र रिलिज फिक्स भएको छ ।

एक्सन प्रधान चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।सम्राट बस्नेत निर्देशित चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको चलचित्रको कथा सिमा गुरुङले लेखेकी छन् । अंकित गौतमको कार्यकारी निर्माण रहेको चलचित्रमा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह-लगानी रहेको चलचित्रको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।