तीन युवाको कथा ‘आधा सुर’ छायाँकन सुरु


सेलिब्रेटी नेपाल

काठमाडौं: पारिवारिक कथानक चलचित्र ‘आधा सुर’ को छायाँकन सुरु भएको छ । डेब्यु निर्देशक अशिन पौडेलको निर्देशन रहेको चलचित्रको छायाँकन बुधबार भद्रकाली मन्दिरमा पूजाआजा गरि सुभारम्भ हो ।

तीन युवाको गीत सँगीतप्रतिको मोह, संघर्ष र पारिवारिक स्थितिको कथा रहेको चलचित्रमा अर्पण थापा, प्रविण खतिवडा,शिसिर वाङ्देल,सरिता गिरी,दीलीप रानाभाट, सुरज बिष्ट, बविता मल्ल,सुभांगम पराजुलीका साथमा नवनायक मोहन जैशी मुख्य भूमिकामा छन् । चलचित्लाइ बिष्णु कल्पितले खिच्दैछन् ।
फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा रहेको चलचित्र काठमाडौ र पोखरामा खिचिने छ । चलचित्रका गीतमा रोशनराज थापाको संगीत रहने छ । ‘आधा सुर’ को स्क्रिप्ट निर्देशक अशिन स्वयम् र सौरभ कार्कीले लेखेको हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.