पवन कवितालाई भन्दैछन् मलाई एक छिन देऊ…(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दोश्रो नेपाल आईडल को टप ६ सम्म पुगेका प्रतियोगी पवन गिरिले नयाँ गीत सार्बजनिक गरेका छन् । सार्बजनिक ‘मलाई एक छिन देऊ…’ बोलको गीतमा शब्द दुर्गालाल श्रेष्ठको रहेको छ । नेपाल आईडलमा ‘पावर प्याक पफर्मर’ को उपाधि पाएका थिए गिरिको म्युजिक भिडियो वाइड लेन्स प्रोडक्सन मार्फत सार्बजनिक गरिको हो ।

न्यूह बज्राचार्यको संगीत रहेको गीत गिरिले बज्राचार्यलाई गुरुको रुपमा श्रद्धा गर्दै उनले एल्बमको नामै ‘गुरुको भेट’ राखेका छन् । भिडियोमा गिरि संगै कविता नेपाली फिचर्ड छन्। भिडियोको निर्देशन भने लोकेश बज्राचार्यले गरेका छन् ।