डीबीको गीतमा चन्दा र कमलको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक डीबी तामाङको आवाजमा ‘आज पनि तिम्रो याद’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द लक्की राशिको रहेको छ भने संगीत बसन्त सापकोटाको छ । संगीत संयोजन साहस शाक्यले गरेका हुन् । भिडियोलाई बाशु बरालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका छन् । कमल सिंह , चन्दा दाहाल , आकाश ईडोको अभिनय रहेको छ । भिडियोलाई बिक्रम दाहालले निर्देशन गरेका हुन् । आधुनिक शैलीको गीतको भिडियो गोदावरी आसपास र गायक को लिप सिङ्ग भने अमेरिका मा खिचिएको छ ।