‘जीवन काँडा कि फूल’ ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाण्डौ:चलचित्र ‘जीवन काँडा कि फूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरेको हो । चलचित्र कार्तिक २२ गते बाट प्रदर्शनमा आउनेछ । साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’को ट्रेलर सार्वजनिक पछि अतिथिहरुले ट्रेलर हेर्दा चलचित्र राम्रो बनेको भन्दै चलचित्रलाई शुभकामना दिएका थिए ।

चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमकको बहिनीको भुमिकामा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरीलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् । शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह निर्माता जुनु गौतम हुन भने कार्यकारी निर्मातामा बद्री चौहान र उमेश सुवेदी रहेका छन् ।