राहुल र एलिशाको ‘फर्की फर्की’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाण्डौ: म्यूजिक भिडियोमा निकै रुचाइएको जोडी राहुल शाह र एलिशा शर्मा अभिनीत नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार यूट्युबमा सार्वजनिक भएको ‘फर्की फर्की’ बोलको गीतले दुईको प्रेमभाव बोल्छ । गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर छ । गीतमा गायक रावल स्वयंले संगीत भरेका छन् ।

फिल्मी शैलीमा तयार पारिएको गीतको शब्द मिलन विष्टले सिर्जेका हुन् । गीतको भिडियोको निर्देशन र कोरियोग्राफी राहुल स्वयंले गरेका हुन् । भिडियो निकै आकर्षक बनेको छ । राहुलको कोरियोग्राफी प्रशंसनिय छ । गीतको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ ।

चार वटा डान्स ग्रुपले गीतमा नृत्य प्रस्तुत गरेको छ । कृतिका, सुजन, रमेश, आरोग्या, प्रलभ, सदिक्षा, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चना, यूनिशा, मेरी, सन्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश, नरेन, अखिलेष र खगेन्द्रले गीतमा नृत्य गरेका छन् । गीतलाई दर्शक श्रोतालाई मन पर्नेमा गायक रावल विश्वस्त छन् ।