‘च चहुई’ गीत,आर्यन,मिरुना संगै भोलाको छमछमि


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘च चहुई’ को लोक लयमा आधारित गीत सार्बजनिक गरिएको छ । मङ्सिर ६ गतेबाट प्रदर्शन हुने चलचित्रको राजधानीमा एक कार्यक्रम गर्दै गीत सार्बजनिक गरिएको हो । गीत सार्बजनिक कार्यक्रममा चलचित्रका कलाकार तथा निर्माण टिमको उपस्थिति रहेको थियो ।

सार्बजनिक गीतमा आर्यन सिग्देल,मिरुना मगर र भोलाराज सापकोटाले कम्मर मर्काएका छन् । चलचित्रमाआर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन । ’सिल्की सिल्की बाल’बोलको गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै संगीत गरेका हुन् । गीतमा राजन संगै अमृत गोले लामा र श्याम लामिछानेको शब्द रहेको छ । मुस्ताङ्गको चुसाङ्गमा छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेकाहुन् । चलचित्र रम कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत गोले लामाले निर्माण गरेकाहुन् ।

चलचित्रमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । चलचित्रलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च चहुई’ को पटकथा सिजनदा हाल र सन्देश अर्यालले लेखेकाहुन् । चलचित्रका गीतमा राजनराजशिवाकोटी , सुरज शाही ठकुरी र रोशनथापाको संगीत छ । चलचित्रमा निमा लामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।