वरिष्ठ निर्देशक किशोर रानाको निधन


सेलिब्रेटी नेपाल

काठमाडौं: वरिष्ठ चलचित्र निर्देशक किशोर राना मगरको निधन भएको छ। रानाको ६४ वर्षको उमेरमा बुधवार दिउँसो निदान अस्पताल पुल्चोकमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए। दुबै मृगौलामा खरावी देखिएपछि रानाको केही महिनाअघि मृगौला प्रत्यारोपण गरिएको थियो। केही दिनअघि पुनः समस्या देखिएपछि उनलाई हस्पिटल भर्ना गरिएको थियो।

रानाका श्रीमती र एक छोरा छन्। बिदेशमा रहेको छोरा आएपछि बिहीबार वा शुक्रबार मात्रै किशोरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। किशोर नेपाली चलचित्र क्षेत्रमा योगदान दिएका पुराना र अनुभवी निर्देशक हुन्। दार्जिलिङमा जन्मिएका किशोर त्यहाँबाट २० वर्षको उमेरमा भागेर मुम्बई पुगेका थिए।

उनले भारतीय चलचित्र उद्योगमा सहायक निर्देशक समेत गरी २२ वर्ष काम गरेका थिए। बलिउडको अनुभव सहित नेपाली चलचित्र क्षेत्रमा भित्रिएका रानाले एकपछि अर्को सफल चलचित्र दिए। राँकोबाट नेपाली चलचित्र निर्देशनमा डेब्यू गरेका किशोरले सिमारेखा, कर्जा, बन्धकी, करोडपति, मिष्टर मंगले, घामछाँया, सन्तानको माया लगायतका सफल चलचित्र निर्देशन गरेका छन्। किशोरकी श्रीमती संगीता प्रधान गायिका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.