सुशील स्टारर ‘बादशाह जुट’ पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: एक्सन जनराको चलचित्र ‘बादशाहजुट’ को अफिसियल पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । अब चलचित्र कार्तिक १ गते रिलिज हुनेछ । गत बर्षको पुष १३ गते रिलिज हुने भनिएको चलचित्र बिभिन्न कारणबस स्थगित भएको थियो । झन्डै १० महिनाको पर्खाइ पश्चात निर्माण टिमले नयाँ रिलिज तोकेको हो । जोनी सिंह राणाले निर्देशन गरेको चलचित्र अब चाहिं कार्तिकमा जसरि नि प्रदर्शनमा आउने निर्माण टिमको दावी छ।

तासको खेलमा ‘बादशाह जुट’ भन्न वितिकै डबल बादशाह भन्ने बुझिन्छ । डबल हुँदा बादशाहको शक्ति बढ्छ । सार्वजनिक पोस्टरमा शुशिल श्रेष्ठ र रोबिन तामाङ फिचरिङ छन् । चलचित्रको बादशाह यी दुई नै हुने अनुमान गर्न सकिन्छ । भने, आमिर गौतमको पनि कथाको केन्द्रिय पात्रमै छन् । तर, पोस्टरमा उनलाई लुकाइएको छ । निर्देशक राणाकै कथा रहेको चलचित्रमा रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री र कमलमणि नेपालको पनि अभिनय छ । प्रियंका कार्की फिचरिङ गीत निर्माण पक्षले गत साल नै रिलिज गरिसकेको छ ।

अभिषेक शशि कुमार लेखेको चलचित्रमा कृष्ण भारद्वाज/कोशिस क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको छायाँकन, राजु कार्कीको छायाँकन र दिर्घ खड्काको सम्पादन छ । एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको चलचित्रमा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले लगानी गरेका छन् ।