अभिनेता सुमन सिंहलाई मातृ शोक


सेलिब्रेटी नेपाल
suman singh
काठमाडौँ: अभिनेता सुमन सिंह ठकुरीलाई मातृ शोक परेको छ। सुमनकी आमा बिन्दुको ६९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको पारिवारिक स्रोतलाई उद्धित गर्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए। विगत डेढ वर्षदेखि ब्रेन स्ट्रोकको बिरामी रहेकी सुमनकी आमा झन्डै दुई महिनादेखि ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचाररत थिइन्।

निधनको पुष्टिसंगै सुमनकी आमाप्रति फिल्मकर्मीले श्रद्धाञ्जली प्रकट गरिरहेका छन्। केही वर्षयताअमेरिकामा बस्दै आएका सुमन आमाको उपचारका लागि केही समययता नेपालमा थिए। सुमन नेपाली चलचित्रमा कुनै समय रुचाईएका अभिनेतामा पर्छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.