‘रिजन अफ रिया’ को शुभ मुहुर्त संगै छायाँकन सुरु


सेलिब्रेटी नेपाल

काठमाडौँ: लभ स्टोरी तथा एक्सन प्रधान चलचित्र ‘रिजन अफ रिया’को निर्माण सुरु भएको छ । चलचित्रको बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साईतमा मुहुर्त गरियो । मुहुर्तसँगै बिहिबारबाटै यो चलचित्रको छायाँकन सुरु गरिएको छ ।

धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘रिजन अफ रिया’ लाई मिलन आले मगरले निर्देशन गर्दैछन् । काठमाडौंबाट यो चलचित्रको छायाँकन सुरु भएको छ । काठमाडौं पछि मुस्ताङका विभिन्न सुन्दर स्थानमा छायाँकन गरिने यसका निर्देशक मिलनले जानकारी गराए ।

यो चलचित्रमा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी रहेका छन् ।

यस्तै यस चलचित्रमा देब महर्जनको द्धन्द्ध निर्देशन, यम आलेको छायाँकन, करणसिंह बोहराको कथा, विकाश चौधरीको संगीत रहेको छ । यो चलचित्रको निर्मातामा उमेश गिरी, समीर श्रेष्ठ, सह निर्मातामा कुमार जँग कार्की रहेका छन् ।