शाहीलको ‘सरीम लाउने’ मा मुन्नी (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: भद्रगोलकी ‘मुन्नी’ क्यारेक्टरबाट चर्चित प्रियंना आचार्यको अभिनय रहेको भिडियो सार्वजनिक गरिएको छ। ‘सरीम लाउने’ बोलको गीत शाहिल खड्काले गाएका छन्। गीतमा शब्द तथा संगीत पनि खड्काकै रहेको छ। भद्रगोलका क्यारेक्टर ‘काकु’ नामले चिनिएका दीपक आचार्यले निर्देशन गरेको उक्त म्यूजिक भिडियोले दर्शक तथा श्रोताको राम्रो प्रतिक्रिया पाइरहेको छ।

भिडियोमा शाहिल आफैले पनि अभिनय गरेका छन्। भिडियोमा सहायक निर्देशकको रुपमा नेत्र राउत रहेका छन्। सागर मगरको कोरियोग्राफी रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र बुद्ध थापाको छायाकंन रहेको छ । गीत शाहिल खड्काको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

यो सुटिंग रिपोर्ट पनि हेर्नुस