आयुषले गाएको ‘हजार जुनीसम्म’ शिर्ष गीत सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागीहुँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली चलचित्रका लागि गीतगाएका छन् । उनले उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’गाएकाहुन् । चलचित्रमा यसलाई रि-एरेञ्ज गरिएको छ । गीतलाई उदयले नै तयार पारेकाहुन् । केहि दिन अगाडी आयुषले उदयकै उपस्थितिमा गीत रेकर्ड गराएकाथिए । चलचित्रमा उदय र आयुषदुवैको स्वरमागीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ । गीतमा पवन चाम्लिङ्ग’किरण’ को शब्द र योगेन्द्र घतानीको संगीत रहेको छ ।

उदयको स्वरमा चलचित्रमा गीतगाउँदै गरेको आर्यन सिग्देल देखिनेछन् भने आयुषको स्वरमा उनले चाइल्ड स्टार अनुभव रेग्मी । उदयले स्टुडियोमा रेकर्डिङको क्रममा आयुषलाई केहि सिकाएकाथिए । आफ्नो सांगीतिक यात्रामा महत्वपूर्ण गीतको रुपमा उदयले ‘हजार जुनीसम्म’लाई लिने गर्छन् । ‘मेरो करियरमायसले निकै महत्व राखेको छ आश छ आयुषलाई पनि त्यस्तै हुनेछ’ उदयले आशिषदिए । आयुषले पनिउदयको गीतमागाउँनु पाउँदाउत्साहित छन् ।

‘मैले यो गीत गाउँन पाउनु नै एक किसिमको जीतहो’ आयुषले भने । आयुषले चलचित्र ‘हजार जुनीसम्म’मार्फत पार्श्वगायनमा डेब्यु गरेकाहुन् । विकासराज आचार्यको निर्देशनमा तयार भईरहेको चलचित्रआउँदो साउन ३० मा रिलिज हुँदैछ । चलचित्रमाआर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय छ । ‘नाई नभन्नु ल’ सिरिजका निर्देशक विकासराजको निर्देशन रहेको चलचित्रको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेकाहुन् । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी चलचित्रकीकार्यकारी निर्माता हुन् भने यसमा विशालचाम्लिङ निर्माता छन् ।