अनुज फिचर्ड ‘दिलमा आगो’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: भारत कालिंपोंगका स्थायी वासिन्दा अनुज शर्मा यति बेला कलाकारितामा केहि गर्ने लक्ष्यका साथ नेपालमा छन् । बिगत २ बर्ष देखि नेपालमा अभिनय सिक्दै केहि कामहरुमा पनि लागि परेका छन् । भविष्यमा नेपाली कलाकारितामा नै केहि गर्ने लक्ष्यका साथ अघि बढी रहेका अनुजले केहि नेपाली म्युजिक भिडियोमा अभिनय क्षमता प्रस्तुत गरिसकेका छन् । भविष्यमा ठुलो पर्दाको चलचित्रमा पनि अभिनय गर्ने सोच बनाएका शर्मा सर्वनाम थियटरमा अभिनय पनि सिकी रहेका छन् ।

उनि अभिनित नयाँ म्युजिक भिडियो सार्बजनिक गरिएको छ। नारायण थापाको स्वर तथा संगीतमा रहेको ‘दिलमा आगो’ बोलको गीतमा अनुज संगै लोक मिश्र र सुस्मिता अधिकारी फिचर्ड छन्। बीबी थापाको शब्द रचना रहेको गीतको भिडियो ओएसार डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । सुभास प्रधानले निर्देशन गरेको भिडियोलाइ प्रेम लामाले छायाँकन र टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।