‘लभ यु हमेशा’ भिडियो कन्टेस्ट जितेर दार्जिलिङ भ्रमण गर्ने मौका


सेलिब्रेटी नेपाल

काठमाडौं: चलचित्र ‘लभ यु हमेशा’ले ‘भिडियो कन्टेस्ट’ घोषणा गरेको छ । बिबाहीत वा अबिबाहीत, दुवै जोडीले भाग लिन सक्ने प्रतियोगीतामा भाग लिनका लागि प्रेमी वा प्रेमीकाले प्रेम प्रस्ताव राखेको भिडियो बनाएर ‘लभ यु हमेशा’ लेखि ‘लभ यु हमेशा’ को फेसबुक पेजमा पठाउनु पर्नेछ । दर्शकबाट प्राप्त हुने भिडियोहरु मध्ये जुनमा धेरै लाइक र कमेन्ट आउछ, त्यसलाई उत्कृष्ट घोषणा गरि पुरस्कृत गरिने छ ।

‘लभ यु हमेशा’ को निर्माण ब्यानर धर्मा क्रियशनले बिजेता भिडियो निर्माणकर्तालाई चलचित्रका कलाकारसँग भेटघाट, रेड कार्पेट प्रिमीयरमा सहभागी हुन पाउने तथा तीन दिन र चार रातको दार्जिलिङ भ्रमण प्याकेजलगायत बिभिन्न उपहार प्रदान गरिने जनाएको छ । भिडियो प्रतियोगीताको बिजेता घोषणा भदौ २१ मा गरिने छ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्रको हाल फिलिपिन्सको बिभिन्न स्थानमा दुईटा गीत छायांकन भइरहेको छ । रामजी लामीछानेको कोरियोग्राफी र शिब ढकालको छायांकन रहेको ती गीतमा चलचित्रका मुख्य कलाकार यशराज गरच, ऋचा थापा र फिजा योन्जन फिचर छन् । भास्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सह निर्माण रहेको चलचित्रमा यशराज, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ,निराजन मेहता,पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा भासुको संगीत र एनवी महर्जनको द्धन्द्ध निर्देशन छ । भदौ २७ गते प्रदर्शन हुने चलचित्रलाई रिच इन्टरटेन्मेन्टले बितरण गर्नेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.