ऋचाको ‘न यता न उता’ संग केकीको ‘रातो गलबन्दी’


सेलिब्रेटी नेपाल

काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत आजबाट दुई नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन्। कमेडी जनरामा निर्माण भएको ‘न यता न उता’ र प्रेम कथामा निर्माण भएको ‘रातो गलबन्दी’ प्रदर्शनमा आएका हुन्। ४० उमेर कटेका दुई युवाले जीवनसाथी खोज्दै भौतारिएको कथा ‘न यता न उता’ मा देखाउन खोजिएको छ ।

‘न यता न उता’लाई मिराज रोश र विशारद बस्नेतले निर्देशन गरेका हुन्। चलचित्रमा मिराजका साथमा समिरमणी दीक्षित, ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, नम्रता सापकोटा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामा लगायतको अभिनय रहेको छ। चलचित्र ‘न यता न उता’ को बिहिबार प्रिमियर शो को आयोजना गरिएको थियो। प्रिमियर शो मा चलचित्र हेर्ने दर्शक बाट चलचित्र लाई मिश्रित प्रतिक्रिया मिलेको छ।

त्यस्तै आजबाट प्रदर्शनमा आएको चलचित्र ‘रातो गलबन्दी’ लाई अनिष थापाले निर्देशन गरेका हुन्। यो चलचित्रमा केही अधिकारी, बुद्दि तामाङ, कोशिश क्षेत्री, अर्जुन गुरुङ, हेमन्त बुढाथोकी, सम्राट थापा लगायतको मुख्य भूमिका छ।