आत्महत्याको दृश्य छायाँकन गर्दा आपत ! भाग्यले बाँचे


सेलिब्रेटी नेपाल

काठमाडौँ: घटना भनेको ‘विना निम्तोको पाहुना’ जस्तै हो । जीवनको कुन समयमा यो हामिसँग ठोकिन आइपुग्छ पत्तै हुँदैन ।घटनाले क्षति पुर्यायो भने त्यसप्रति आफूबाट भएका त्रुटीले पश्चातापको रुप लिन्छ । यदि क्षतिको नजिक पुगेर बच्नु भएको छ, भने एक सम्झनलायक क्षण बनिदिन्छ । कहिले काहिँ चलचित्र छायाँकनको क्रममा प्राविधिक गडबडी हुँदा अप्रिय घटना घट्ने गर्छन ।

चलचित्र ‘न यता न उता’ को छायाँकनको क्रममा पनि एउटा ठुलो घटनाको स्वरुप कोरिएको रहेछ । एक दृश्य यस्तो थियो, जहाँ चलचित्रको मुख्य कलाकार समिर दिक्षित र मिराज रोष आत्महत्याको लागि हाइवेमा सुत्नुपर्ने । उताबाट गाडी आउँछ र उनिहरुको नजिकै पुगेर रोकिन्छ । चालकले केहि इन्चको फरक पर्ने गरि ब्रेक लगाउनु पर्ने ।

डर त त्यति बेला पैदा भयो, जतिबेला राम्रोसँग गाडी नै हाक्न नजान्ने बुद्दि तामाङले चालकको भूमिका निर्वाह गर्नुपर्ने भयो । सुरुवातमा त समिर र मिराजले दृश्यलाई यथार्थपुरक बनाउन सडकमै सुत्ने योजना बनाए । उता बुद्दि पनि उनिहरु नजिक पुगेर ब्रेक लगाउन तयार थिए । यतिकैमा निर्देशकले चलाखी अपनाउदै समिर र मिराजको ठाउँमा क्यामरा राख्ने उपाए निकाले । अब बुद्दिले द्रुत गतिमा गाडी हाँकेर क्यामराको केहि इन्च फरक पर्नेगरि रोक्नुपर्ने भयो ।

गाडीको इन्जिन सुचारु गरेर बुद्दि तयार भए । उनि आत्मविश्वासी पनि देखिएका थिए । निर्देशक एक्सनसँगै बुद्दिले गाडी हाँके । क्यामराको नजिक पुगेपछि उनले ब्रेक थिच्नुपर्ने ठाउँमा क्लोज थिचिदिए । गाडी हुत्तिएर क्यामरालाई हान्दै झाडीमा बजारियो ।

‘एकछिन त सन्नाटा छायो । धन्न क्यामरा र गाडीलाई त्यति धेरै क्षति पुगेन । मुख्य कुरा त क्यामराको ठाउँमा मान्छे थिएनौं । नत्र मान्छेलाई नराम्रोसँग क्षति पुग्ने थियो ।’ निर्देशक मिराज र कलाकार समिरले छायाँकनताकाको एक अविस्मरनिय क्षण सुनाए ।

उनिहरुले अगाडी भने ‘सम्झनलायक क्षण त कति छन् कति । तर, यो क्षण हाम्रो जीवनसँग जोडिएको थियो । यदि क्यामराको ठाउँमा हामि दुई भैदिएको भए खबर अर्कै हुने थियो । भाग्य हाम्रो साथमा थियो र बच्यौं ।’अहिले दुवैजना साउन १७ गते रिलिज हुने सिनेमाको प्रचारमा व्यस्त छन् । उमेर नाघेका दुई अधबैशें पुरुषको विवाहको भुतलाई चलचित्रले कमेडी ढंगबाट प्रस्तुत गरेको छ ।

चलचित्रमा यी समिर, मिराज, बुद्दिसँगै ऋचा शर्मा, छुल्ठिम गुरुङ, रविन्द्र झा, नम्रता सापकोटा, सिल्सा जिरेल, राजराम पौडेल, कमलमणि नेपाललगायत थुपै कलाकारको पनि अभिनय छ ।