प्रकाशको ‘संसार उजाड ‘ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक तथा संगीतकार प्रकाश घायल राईको नयाँ भिडियो सार्बजनिक गरिएको छ। “उजाड संसार” बोलको गीतमा शब्द इन्दिरा राईको रहेको छ। प्रकाश घायल राइको स्वर तथा शब्द रहेको गीतमा दिपक राज बिकले संगीत संयोजन गरेका छन्। सार्बजनिक स्याड भर्सनको गीतमा आफ्नी मायालुले छोडेर जाँदाको पिडालाई व्यक्त गर्न खोजिएको छ।

लिगेश भट्टराइले निर्देशन गरेको भिडियोलाइ सुमन कोइरालाले छायांकन गरेका हुन् भने सम्पादन सफल खड्काले गरेका छन्। भिडियोमा रोजिना राई र रिदम फिचर्ड छन्। सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो संग्स नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।