एक्सन, लभस्टोरी ‘रे’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दिनेश पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन, लभस्टोरी कथामा निर्माण भएको चलचित्रको ट्रेलर मंगलबार यु ट्युबमा सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सुनिल थापा, सुजाता थापा, दिवश धितालवीचको माया, प्रेम र द्धन्द्वलाई प्रस्तुत गरिएको छ ।

सगुन फिल्मसको ब्यानरमा निर्मित चलचित्रमा पुर्णिमा लामा, क्रान्ति बराइली, अभिषेक जोशी, रक्षा गुरागाई लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । चलचित्रको कथा पनि निर्देशक पौडेलले नै तयार पारेका हुन् । काठमाडौँ उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरि चलचित्रको कथा घुम्ने बताइएको छ । राजेन्द्र त्रिपाठी चलचित्रका निर्माता हुन् । चलचित्रलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् । कुमार श्रेष्ठको द्धन्द्ध निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश बिशुँखे र महेन्द्र थापाको सम्पादन रहेको छ । चलचित्र साउन २४ गते बाट प्रदर्शनमा आउनेछ।