हट सन्नी लिओनी र रिसाहा अनुप,’पासवर्ड’ पोस्टर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र’पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लिओनी पनि अटाएकी छन् । चलचित्रको मुख्य कलाकार आक्रामक मुद्रामा प्रस्तुत भएका छन् । भने, सन्नीको कामुक रुप देख्न सकिन्छ । एक आइटम गीतमा नृत्य गरेकी सन्नीको केहि संवादसहितको दृश्य पनि चलचित्रमा समेटिएको निर्माण पक्षले बताएको छ । यस अघि नै चलचित्रमा समाबेश एक गीत सार्बजनिक भई सकेको छ।

एक पोस्टरमा अभिनेता अनुपविक्रम शाही र विक्रम जोशीलाई रिसाहा रुप देखाइएको छ । यी दुई बीचको द्वन्द पोस्टरले प्रस्ट्याउछ । सम्राट बस्नेतले निर्देशन गरेको चलचित्रमा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको पनि अभिनय छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् । एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको चलचित्रलाई सौरभ लामाले छायाँकन गरेका हुन् । चलचित्र भदौ २७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ ।