नवीनको तीज गीतमा ब्यङ्ग्य: ‘सुनदेखि देश टुक्र्याउनेसम्म'(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक नवीन पौडेल र बिष्णु घिमिरेको तिज गीत ‘बोल्नुपर्छ ओई’ सार्वजनिक गरिएको छ । गायक पौडेल र गायिका पूर्णकला बिसीको स्वर रहेको गीतले नेपाली मौलिक संस्कृतिको महत्व बोकेको छ । गीतमा राज्यका विभिन्न अङ्गका कर्मचारीको ढिलासुस्ती एबम् भ्रष्टाचारका कुरामा पनि चोटिलो प्रहार भएको छ । यथार्थपरक अनि समयसापेक्ष गीत गाउँदै गाएका गायक पौडेलले गीत सबैले मन पराउने बताए ।

यसअघि गीतमा सरकारले घरघरमै ग्यास ल्याइदिन्छ अरे हेर्दा हेर्दै नेपाली भाग्यमानी भएजस्ता व्यङ्ग्य प्रयोग गरेका नविनको नयाँ गीतको भिडियो पनि तयार भएको छ । शंकर विसीले निर्देशन गरेको भिडियोमा शंकर विसी र रीना थापाको अभिनय रहेको छ । दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ नबिन घर्ति मगरले सम्पादन गरेका छन्।