‘हजार जुनीसम्म’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘हजारजुनी सम्म’को ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्रको ट्रेलर राजधानी काठमाडौँमा एक कार्यक्रमको बीच सार्बजनिक गरिएको सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकाँस कलाकारहरु फिचर्ड छन्। आर्यन सिग्देललाई ट्रेलरमा दुइ गेटअपमा देख्न सकिन्छ भने उनले ’हजार जुनीसम्म’ पनिआफ्नो प्रेमलाई पर्खिएको विषयमा चलचित्र केन्द्रित छ । ट्रेलरमा स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेस प्रधान र अनुभव रेग्मीपनि फिचर्ड छन् । ‘नाई नभन्नु ल’ सिरिजका निर्देशकबिकासराज आचार्यको निर्देशनमा तयार चलचित्रलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशकआचार्यले फिल्मको पटकथा सामिप्यराजतिमल्सेनासंगको सहकार्यमातयार पारेकाहुन् ।

कार्यक्रममा सम्पूर्ण कलाकार उपस्थित भएतापनि निर्देशकआचार्य भने उपस्थितथिएनन् । पछिल्लो समय अस्वस्थ भएपछी चिकित्सकको सल्लाहअनुसार उनि भिडभाडमा नदेखिएकाहुन् । उनको प्रतिनिधित्वगर्दै पटकथाकार सामिप्यले यो पूर्ण रुपमा फ्याम्ली ड्रामा भएको बताए । ’हामीले स्टारडमको आधारमा भन्दापनि कथानुसार चलचित्रको लागि कास्ट गरेका छौ’ उनले भने । चलचित्रमाकविराजगहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । चलचित्रमाविशालचाम्लिङ निर्माता छन् । चलचित्र आउँदो साउन ३० गतेबाट प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.