आर्जनले केकीलाई छाडेर रीमालाई रोजेपछि (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: आर्जनले केकीको साटो रीमालाई रोज्ने कारण भने उनकै नयाँ गीत ‘घाँटी भन्दा तल…’ को म्युजिक भिडियो हो। यसअघि आर्जनका अधिकांश म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी थिइन् । बुधवार सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा भने गायक पाण्डेले गायिका विश्वकर्मालाई अभिनय गराएका छन्। ‘घाँटी भन्दा तल…’शीर्षकको उक्त गीतको म्युजिक भिडियो गायक पाण्डेकै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक पौडेलको शब्द तथा संगीतको उक्त गीतको म्युजिक भिडियोमा गायक पाण्डे स्वयंले अभिनय गरेका छन्। रोचक शैलीको म्युजिक भिडियोमा गायक पाण्डेलाई अभिनेत्री रीमा विश्वकर्माले साथ दिएकी छिन् । साइन्स फिक्सन शैलीको उक्त भिडियोमा अभिनेताको रुपमा प्रस्तुत भएका गायक पाण्डे भिडियो गेम भित्र प्रवेश गरेपछि विकसित भएका घटना क्रमलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । बालाजुस्थित चलचित्र विकास कम्पनिमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई एस्ट्रो झोलेले निर्देशन गरेका छन् । भिडियोका छायांकार तथा सम्पादक पनि एस्ट्रो झोले नै हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.