फरक विशेषता भयका चार चलचित्र एक आपसमा भिड्ने



(सेलिब्रेटी नेपाल) ४ चैत्र-यो वर्ष २०६९ सालको अन्तिम महिना चैत्र यसपाली होलि पनि यहि महिनामा परेको छ। नेपाली चलचित्रका निर्माता हरु आफ्नो चलचित्र रिलिज गर्न चाड पर्ब तथा बिदाको समय ताक्ने गर्दछन । यो होलि लाई पनि चार भिन्दा भिन्दै विशेषता भयका चार चलचित्र एक आपसमा भिड्ने भयका छन ।सेक्स बिसयमा केन्द्रित बेड सिन डाइरेक्टर उपाधि पायका निर्देशक राजु गिरीले निर्देशन गरेको ‘रक्षा’,बिस्वकै सबै भन्दा अग्लो स्थानमा सुटिंग गरियको भनियको चलचित्र ‘लब इन चाइना बोर्डर’,ख्याती प्राप्त कलाकार टिका पहाडीका छोरा गौरव पहाडीले डेब्यु गर्न लागेको लब स्टोरी चलचित्र ‘मन्जरी’ तथा सौगात मल्ल सोलो हिरो बनेर अभिनय गरेको चलचित्र ‘कथा’ यहि चैत्र ९ गते बाट एक साथ रिलिज हुन लागेका छन । यी मध्ये कुन कुन चलचित्रले दर्शक मन जित्ने आफ्नो लगानी सुरक्षित गर्ने हुन ?

Copyright © 2012 - 2026 | All Right Reserved.