‘मारुनी’को दोश्रो गीत सार्बजनिक, साम्राज्ञी र पुष्पको जोडी कत्तिको सुहायो (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्र ‘मारुनी’कोदोश्रो गीत सार्वजनिक गरिएको छ । ‘सक्दिन म बाच्न’ रोमान्टिक बोलमा साम्राज्ञी र पुष्पको केमेस्ट्री झल्काउन खोजिएको छ ।सुरेश वाग्लेले शब्दमा अर्जुन पोखरेलले संगीत भरेको गीतमा मेलिना राईको सुमधुर स्वर समावेश छ । विक्रम लामा र एन्जिला खत्रीले कोरियोग्राफी भरेको गीतको भिडियो आकर्षक देखिन्छ ।

नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’भदौ १३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ चलचित्रमा साम्राज्ञी र पुष्पको अलावा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्री लगायतको अभिनय छ ।

पुनम इन्टरटेनमेन्टको व्यानरमा पुनम गौतमले निर्माण गरेको चलचित्रमा दीपक बज्राचार्य/अर्जुन पोखरेल/कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल/नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन छ ।