‘लभ यु हमेशा’को टिजर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: लभस्टोरी कथामा निर्माण भएको यशराज गराच, ऋचा थापा र फिजा योन्जन स्टारर चलचित्र ‘लभ यु हमेशा’ को टिजर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति पक्का गरिएको छ । यस अघि भाद्र ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लभ यु हमेशा’ अब भाद्र २७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

शुक्रबार राजधानीमा आयोजित टिजर रिलिज कार्यक्रममा चलचित्रको प्रदर्शन मिति ३ साता पर सारिएको जानकारी दिइयो । चलचित्रलाई भाष्कर प्रधानले निर्देशन गरेका हुन् । धर्मा क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता यवन गुरुङ हुन् । चलचित्रमा मिलन गुरुङ सह-निर्माताको रुपमा रहेका छन् । ‘लभ यु हमेशा’मा यशराज, ऋचा थापा र फिजा योन्जन अलवा शिसिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौमा छायाँकन गरिएको चलचित्रको केही दृश्य सिंगापुर र फिलिपिन्समा समेत खिचिएको छ । निर्देशक भास्करकै कथा, शिब ढकालको छायांकन, एनबि महर्जनको द्धन्द्ध निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन चलचित्रमा रहेको छ । ‘लभ यु हमेशा’को बितरण रिच इन्टरटेनमेन्ट र आरआर फिल्मस्ले गर्दैछ ।