‘ज्योमो गाङ फिल्म एन्ड म्युजिक अवार्ड २०१९’ आयोजना हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: हुकुम मल्टिमिडियाले ‘ज्योमो गाङ’ फिल्म एन्ड म्युजिक अवार्ड २०१९ थाइल्यान्डमा आयोजना गर्ने भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा अवार्डबारे जानकारी दिइयो । आगामी भदौ ७ गते थाइल्यान्डमा अवार्ड गर्न लागिएको जानकारी हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बम्जनले दिए । ०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका चलचित्र र म्युजिक भिडियोले प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

यस कालखण्डमा निर्माण भएका कूल ६३ चलचित्रबाट उत्कृष्ट पाँच मनोनयन गरिने भएको छ । चलचित्रतर्फ कूल १६ र संगीततर्फ ११ विधा राखिएको छ । घोषणा समारोहमा बोल्दै विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले जनजाति चलचित्रको अन्तराष्ट्रिय करण र बजार अभिवृद्धिका लागि अवार्ड कोशेढुंगा हुने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.