‘रातो गलबन्दी’ शिर्ष गीत सार्बजनिक,केकी र कोसिशको ठुम्का


सेलिब्रेटी नेपाल

काठमाडौँ:सामाजिक प्रेमकथामा निर्माण गरिएको चलचित्र ‘रातो गलबन्दी’ को फर्स्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनीक गरिएको छ । साउन १७ गते प्रदर्शन हुने चलचित्रमा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् । नवनिर्देशक अनिश थापाको निर्देशनमा बनेको चलचित्रको सार्वजनीक पोस्टरमा केकी, कोसिस र बुद्धिलाई हाइलाइट गरिएको छ ।

हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको चलचित्रको शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । गोबिन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन भने संगीत बिनोद खुम्बुले सृजेका हुन । मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको चलचित्रको सहनिर्माता बासुदेव घिमीरे,अमृता मगैराम र कृष्ण घिमीरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको फिल्मको लाइन प्रोड्युसरमा प्रकाश सेनदाङ,मनोज उप्रेती र युएस लाइन प्रोड्युसरमा बेनुप्रसाद मैनाली छन् । सुमन तामाङले खिचेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । ‘रातो गलबन्दी’ को बितरण आरआर फिल्मस्ले गर्दैछ ।