‘एकलब्य’को एक्सन प्रधान ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: आगामी १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एकलब्य’ को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो । अनमोल शर्माको निर्देशनमा बनेको चलचित्रको ट्रेलर एक्सन प्रधान रहेको छ । ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गरिएको छ ।

यो चलचित्रमा सोनाम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिमा सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनको अभिनय रहेको छ । ‘एकलब्य’ लाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।

चलचित्रमा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद रहेको छ ।