खुमन र सपनाको तीज गीत: ‘घरबार गर्ने सोँच’मा रेजिना, रेखा र लोमशको छमछमी (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: यसवर्षको तीज पर्व क्रमश नजिकिँदैछ । युट्युबमा दिनहूँ तीज गीतका भिडियो सार्वजनिक हुन थालेका छन् । जसले तीज पर्व नजिकिएको आभाष हुन थालेको छ । यसैक्रममा शुक्रबार ‘घरबार गर्ने सोँच’बोलको तीज गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच भिडियोको प्रिमियर गर्दै गीत सार्वजनिक गरिएको हो ।

चर्चित गायक खुमन अधिकारी र गायिका सपना थापाको स्वर रहेको गीतमा सागर प्रधानको शब्द÷लय रहेको छ । गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ । गीतमा विहे गर्ने उमेर पुगेकी युवतीको भाव ब्यक्त गरिएको छ ।
नेपाली चलचित्रकी नायिका रेजिना उप्रेती, मोडल लोमश शर्मा र रेखा थापा लगायतले गीतको भिडियोमा अभिनय गरेका छन् ।

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् । गीतको भिडियो आकर्षक देखिएको छ । विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई सेलिब्रेटी नेपालले प्रस्तुत गरेको हो । भिडियो प्रिमियर कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सार्वजनिक गीत मौलिक रहेको बताए ।