सुनिताको ‘सिर सिर सिरिरि’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:गायिका सुनिता कार्कीको नयाँ गीत सार्वजनिक गरिएको छ । एल्बम ‘सुनमाला’मा समाबेश ‘सिर सिर सिरिरी’बोलको गीत सार्बजनिक गरिएको हो । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीत डान्सिंग प्याटनमा छ । राजन इशानको संगीत संयोजन रहेको गीत अलिक फरक शैलीमा बनेको छ ।

सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईंले छायाँकन र बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । राजेन्द्र कटुवालले कोरियोग्राफी गरेको भिडियोमा सृष्टि,सम्पन्नता र सितुको उत्कृष्ट नृत्य रहेको छ । भिडियो म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । गायिका सुनिताले दुई दर्जन बढी गीतमा स्वर दिईसकेकी छिन् । केही चलचित्रका गीतमा पनि उनले स्वर दिएकी छिन् ।

तीजको यो गीत पनि हेर्नुहोस