निशाको आमाको संघर्षको कथा व्यथा समेटिएको गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ:निशा देसारको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ सार्बजनिक ‘आमा’ बोलको गीतमा केशव राज राजभण्डारीको शब्द, संदेश श्रेष्टको संगीत रहेको छ भने गीतको संयोजन सुरेन्द्र श्रेष्ठले गरेका हुन्। रायन कार्कीले निर्देशन गरेको भिडियोमा आमाको संघर्षको कथा व्यथालाई चित्रण गरिएको छ । भिडियोमा रश्मी भट्ट, संज्ञा श्रेष्ठ, उपेन्द्र कार्की, सम्राट खड्का, रजिना कार्की, सुजिना कार्की र लाक्पा देखिएका छन्। मिलन शंकरको छायांकन रहेको गीतलाई विष्णु खड्काले सम्पादन गरेका हुन।