आमिर खान ४८ वर्षका भए


बलिउडमा ‘मिस्टर परफेक्सनिस्ट’को नामले चर्चित अभिनेता आमिर खान ४८ वर्षका भएका छन् । बलिउडमा हिट फिल्म दिन सफल आमिर बिहीबार ४८ वर्षका भएका भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

यतिबेला भने आमिर स्वीट्जरल्याण्डमा रहेका छन् । आमिर त्यहाँ आफ्नो आगामी फिल्म ‘धुम–३’को सुटिङमा ब्यस्त भईरहेको जनाइएको छ ।बलिउडमा ‘कयामत से कयामत’बाट फिल्म करियर सुर गरेका आमिरले अहिलेसम्म सफलताको कीर्तिमान रच्न सफल भएका छन् । एक सफल निर्माता, निर्देशक र लेखकको समेत परिचय बनाएका आमिरको जन्म सन् १९६५ को मार्च १४ तारिखका दिन भएको बताइन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.