रोपाईं दिवसको अवसरमा ‘काँचुली’ को बिसेष कार्यक्रम सहित पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिजी बर्मा फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘काँचुली’ ले रोपाईं दिवसको अवसरमा दहि च्युरा खाने कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा चलचित्र युनिटले भद्रकाली मन्दिर परिसरमा अनाथ असहायहरु लाई दहि चिउरा बितरण गर्दै चलचित्रको पहिलो पोस्टर सार्बजनिक पनि गरेको छ । कला राइको प्रस्तुति रहेको चलचित्र लाई राम महर्जन र क्रेजा महर्जनले निर्माण गरेका हुन्।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्र आगामी साउन २४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ । चलचित्रमा शुभेच्छा थापा,सुबाश गजुरेल,शर्मिला शर्मा,रबिन श्री,राजन महर्जनको मुख्य भूमिका रहेको छ । चलचित्रमा नयाँ प्रस्तुतिको रुपमा दिप कुलुङ्ग,मुमा सापकोटा, राजन श्रेष्ठ,आश्मी थापा,रिजन बिशुङ्खे,अन्जना ज्योतिर गोबिन्द लामा लगाएतका कल्कारको अभिनय रहेको छ।

चलचित्रमा शंकर अधिकारी घायलकोको गीत राजु लामा,राजेन्द्र बजगाईं,शंकर अधिकारी घायलको संगीत रहेको छ। चलचित्रका गीतमा सपना श्री,नित्य शिवा,राजेन्द्र बजगाईं र शम्भु रैकाको स्वर रहेको छ। सुशील डाँगी,द्वन्द देव महर्जन,नृत्य राजन महर्जन,दिलिप राइको रहेको छ चलचित्रमा अशोक थापा मुख्य सहायक निर्देशक रहेका छन्।

उक्त कार्यक्रममा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहने चलचित्र ‘चार्जर’ को शुभ साइत पनि गरिएको छ चलचित्रको छिट्टै छायाँकनमा जाने निर्देशकले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.