रेशमको परदेशीहुनुको पिडा समेटिएको भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक तथा संगीतकार रेशम प्रधानको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ सार्बजनिक ‘आमा तिमीलाई’ बोलको गीतमा शब्द रचना पनि रेशम प्रधान कै रहेको छ । गाँस,बास, कपास अनि भाग्य खोज्दै मातृभूमिबाट अलग रहेर बाँच्न कसलाई पो रहर हुन्न होला र ? तर पनि हामी नेपालीहरु राजनितिक, गरिबी, बेरोजगारी आदि यस्तै-यस्तै बिभिन्न कारणहरूले गर्दा नचाहँदा नचाहँदै आफ्नो परिवारबाट छुटिएर परदेशी भुमिमा पसिना बगाउनु परेको तितो यथार्थलाई भिडियोमा देखाउन खोजिएको छ।

गायक प्रधानको यस अघि आधा दर्जन गीत सार्बजनिक भइ सकेका छन् । युबराज खत्रीको निर्देशन, छायांकन तथा सम्पादन रहेको भिडियोमा आशा खड्का, शिब ठटाल, चन्द्रा तामाङ, राजु कमेडी भुजेल अनि बाल कलाकारमा रचना थापाको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.