‘सानो मन’ यूनिट मोफसल यात्रामा


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘सानो मन’ यूनिट यति बेला चलचित्रको प्रचार प्रसारका लागि मोफसल यात्रामा छ । २७ असारबाट मुलुक भरका चलचित्र हलहरुमा प्रदर्शनमा आउने यो चलचित्रको यूनिटले शूक्रबार चितवनका पत्रकारबीच अन्तरक्रिया गरेको छ ।

नायिका शिल्पा मास्के, कलाकार सक्षमकृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धरले सानो मनको बारेमा प्रकाश पारेका थिए । नायिका मास्केले यस चलचित्रमा आफुले निकै मेहनत गरेको र चलचित्र दर्शकलाई मन पर्ने जिकिर गरिन् । पत्रकार भेटघाटमा नायिका शिल्पा मास्के आफु लण्डन बसेर विदेशी चलचित्रमा समेत काम गरेको अनुभव सुनाउँदै नेपालमा नै केहि गर्छु भनेर नेपाल आएर नेपाली चलचित्रमा अभिनय गरेको जानकारी गराईन् । कथा वस्तु प्रभावशाली लागेर आफुले ‘सानो मन’मा काम गरेको र आफ्नो तर्फबाट सकेको काम गरेको बताउदै अब दर्शक चलचित्र हेरेर मुल्यांकन गर्ने उनले बताईन् ।

यस्तै, नव नायक सक्षम कृष्ण सुवेदी आफ्नो पहिलो चलचित्र भए पनि निकै मेहेनत गरेको र यस चलचित्र बाट ठुलो आशा लिएको बताए । चलचित्रका निर्माता राजेन्द्र मानन्धरले चलचित्रको कथा नै मन परेर यस चलचित्र निर्माण गरेको बताए । चितवनमा पत्रकार भेटघाट सकिए लगतै चलचित्र यूनिट पोखरा पुगेका थिए । पोखरामा पनि पत्रकारहरुसँग भेटघाट गर्दै चलचित्रबारे जानकारी गराईएको थियो ।

सुयोग गुरुङ्गको निर्देशनमा बनेको ‘सानो मन’मा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर वाङ्देल, सक्षम कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, देव कुमार श्रेष्ठ लक्ष्मी भुषाल लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । निर्माताहरू योगेश गुरुङ्ग, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको हो । यम प्रसाद ओली निर्माण नियन्त्रक रहेको चलचित्रलाई आलोक शूक्लाले छायांकन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.