असारको मध्येमा आयो ‘लाग्यो असार'(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली सांगीतिक बजारमा धेरै वर्षको अन्तरालमा डि.ए.आर.मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ दर्शक तथा स्रोता माझ ल्याएको छ । गाउँ घरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्धेश्यले सोही अनुरुप असारे भाका सहित लोक गीत ल्याउने प्रयास गरेको प्रभावनजेले जानकारि दिए । गितमा ९ जना लोक गायक गायिकाले स्वर दिएका छन् । जसमा पुरुष तर्फ नवराज घोरासाईने, उद्धब कार्कि, प्रभावन जे, शरण हुँमागाई, विवेक चौलागाई, जिवन वडु को स्वर रहेको छ भने महिला तर्फ पार्वति कार्कि, सपना कुवर र मिङमा लामाको आवाज रहेको छ । ‘लाग्यो असार’ गीतको शब्द तथा संगीत संयोजन प्रभावन जे, एरेन्ज भुवन प्रकाश बडुले गरेका हुन् ।

हेरुका लामाको नृत्य निर्देशन रहेको गितमा कलाकार रश्मि भट्ट, योगराज दाहाल, सरोज दाहाल, हेरुका लामा, बिषाल ढकाल, विवेक चौलागाई, आयुष्मा कार्कि, रितु तामाङ, आर्या बस्नेत, सुजता भट्टले अभिनय गरेका छन् । सार्बजनिक भिडियोमा छायाँकन तथा ड्रोन रोनिश तामाङ, भिडियो सम्पादन तथा सहायक निर्देशन नविन भट्ट, कला राजाराम गौतम, मेक अप शर्मिला सुनवार, सहायक नृत्य निर्देशन राजाराम सिंखडाले गरेका छन् । अर्गज लोक गायक मछेस्वर सापकोटा र सरस्वति सापकोटाको परिकल्पनामा यो गीत तयार परिएको हो ।