‘मायाको खेल’ मा प्रियंका र आयुष्मान (भिडियो)


सेलिब्रेटी नेपाल

गायक मोहन राईको ‘मायाको खेल’ शीर्षकको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको गीतको भिडियो राजेन्द्र महर्जनले निर्देशन गरेका हुन् । निर्देशक महर्जनले भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र डिजन भट्टराईलाई अभिनय गराएका छन् ।

जेसिका राई निर्माता रहेको भिडियो हाइलाइट्स नेपालले सार्वजनिक गरेको हो । यो गीत आफ्नो ‘मायाको खेल’ एल्बममा संग्रहित रहेको गायक राईले बताएका छन । उनले यसअघि ‘कस्तो सपना’ गीति एल्बम बजारमा ल्याएका थिए । भिडियोको नृत्य निर्देशन सुष्मा कोइरालाको रहेको छ भने सुमित राज भट्टको क्यामेरा र विप्लव आर पोखरेलको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.