मनको किताबको भिडियो लिएर आए निर्देशक नव ढुङेल


सेलिब्रेटी नेपाल

काठमाडौँ: म्युजिक भिडियो तथा विज्ञापन निर्देशनमा आधा दसक काटिसकेका नव ढुंगेलको निर्देशनमा नयाँ भिडियो सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा गायक कर्णदासको आवाजमा रहेको गीत ‘ मन को किताब ’ को म्युजिक भिडियो आर्टिस टिभि च्यानाल मार्फत सार्वजनिक भएको हो ।

मनको किताब भिडियोमा मोडल सन्दिप शाही र रचिता छेत्रीले अभिनय गरेका छन् । अमृत सुनुवारको छायाङ्कन तथा माधव बेल्बासकोे सम्पादन रहेको छ ।

सुगम संगीत गायन मार्फत दर्शक माझ लोकप्रीय कर्णदासका ठूला ठूला महल होइन, पुरानो डुंगा , आधा सपना लगायतका गीतहरु चर्चित छन् । गायक कर्णदासले आफ्ना अन्य गीतहरु जस्तै यस गीतलाई पनि दर्शक श्रोताहरुले माया गरिदिनेमा आशाबादी रहेको बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.