एक साता पर सर्यो ‘सानो मन’


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘सानो मन’को प्रदर्शन मिति सरेको छ । असार २० बाट प्रदर्शनमा आउने भनीए पनि अब चलचित्र एक साता पछी मात्रै प्रदर्शनमा आउने भएको छ । अब चलचित्र असार २७ बाट प्रदर्शनमा आउने छ । चलचित्रको पोस्ट प्रोडक्सनको काम नसकिएको भन्दै निर्माण टिमले प्रदर्शन मिति एक हप्ता पछाडी सारेको हो।

चलचित्र ‘सानो मन ‘सुयोग गुरुङको डेब्यू निर्देशित चलचित्र हो । म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको चलचित्रलाई योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरले सयुंक्त निर्माण गरेका हुन् । चलचित्रमा समिर सुनवार र निर्देशक गुरुङको कथा रहेको छ । चलचित्रको छायाँकन काठमाडौं, भैरहवा, हङकङ र मकाउमा भएको हो । रित बोहरा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन रहेको छ । ओ.पि.जी फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा आयुष्मान देशराज जोशी र शिल्पा मास्केसँगै गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।