भारतीय गायक जग्जित सिंहको नेपाली भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल

काठमाडौँ: थुप्रै भारतीय गायक गायिकाले नेपाली गीतमा आफ्नो स्वर दिएका छन् । यसै क्रममा भारतीय गायक जग्जित सिंहको आवाजमा नेपाली गजल भिडियो सहित सार्बजनिक गरिएको छ । जेबी सम्योगिको शब्द रचना रहेको गीतमा आलोक श्रीको संगीत रहेको छ ।

केहि वर्ष पहिले नै रेकर्ड भएको गीतको भिडियो चाहिं अहिले निर्माण गरिको हो। गणेश शाहीले निर्देशन गरेको भिडियोलाइ फराज अर्पणले छायांकन र सम्पादन गरेका छन् । भिडियोमा रिवाज बिशुराल,सिजल उप्रेती र सुशील थापालाइ फिचर्ड गरिएको छ । भिडियोलाई म्युजिक नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिको हो ।