ऐतिहासिक चलचित्र ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: ऐतिहासिक चलचित्र ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ निर्माण भएको पाँच वर्षपछि दर्शक माझ आउन तयार भएको छ । पाँच वर्षअघि नै निर्माण गरिएको यो चलचित्र असार १३ गतेदेखि दर्शकमाझ पुग्ने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

चलचित्रका निर्देशक प्रदीप खड्गीका अनुसार सेन्सर बोर्डले सेन्सर पास गर्न समय लगाएपछि निर्माण भएको लामो समयपछि मात्र यो चलचित्र प्रदर्शन हुन लागेको हो । सेन्सर बोर्डले प्रदर्शनका लागि बाटो खुला गरिदिएसंगै यो चलचित्र दर्शकमाझ आउने भएको हो ।

यो चलचित्र नेपाल एकिकरणका अभियन्ता तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा आधारित छ । चलचित्रको निर्माण कम्पनिले सोमबार काठमाडौंमा चलचित्रको एउटा नयाँ गीत सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको हो । सार्वजनिक गीतमा कीर्तिपुर आक्रमणका दृष्यहरु पनि समावेश गरिएको छ ।

पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक प्रदीप खड्गीले चलचित्रमा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको जनाए । अत्यधिक भिएफएक्स गर्नु परेका कारण पनि चलचित्र प्रदर्शनमा आउन ढिलाइ भएको निर्देश्ँक खड्गीको भनाइ छ । साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण भएको ‘कीर्तिपुर’ मा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ आदि कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई अनन्तकुमार श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा अभिनेता यसराज गराजले पृथ्वीनारायण शाह तथा अभिनेत्री हिसिला महर्जनले कीर्तिलक्ष्मीको भूमिका निर्वाह गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.