मृगौला पिडित अम्मल राइको ‘चट्ट खाइदिउ चटपटे’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिश्व शान्त राइको स्वरमा रहेको नयाँ गीत म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘चट्ट खाइदिउ चटपटे’ बोलको गीतमा शब्द ठाकुर राइको र संगीत बिश्व शान्त राइको रहेको छ । देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । ओम प्रसाईंले निर्देशन तथा सम्पादन गरेको भिडियोमा दुवै मृगौला पिडित अम्मल राइको अभिनय रहेको छ । सरस्वती गुरुङको कोरियोग्राफी रहेको भिडियो ओएसआरको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। धनकुटा स्थायी घर भएका र हाल काठमाडौँ बस्दै आएका दुवै मृगौला पिडित अम्मल राइको यो पहिलो भिडियो हो । डान्सिङ्ग प्याटनको गीतको भिडियोमा अम्मल राइले राम्रो नृत्य गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.