‘लभ यु हमेशा’को फस्र्टलुक सार्वजनिक, चलचित्र भदौ ६ मा रिलिज हुने



काठमाडौं । प्रेमकथामा बनेको चलचित्र ‘लभ यु हमेशा’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

भाष्कर प्रधान निर्देशित चलचित्र आउँदो भदौ ६ गतेबाट देशभरका हलमा प्रदर्शन हुँदैछ ।

आइडियल डिजाइनर्सले डिजाइन गरेको ‘लभ यु हमेशा’का बिभिन्न डिजाइनका पोष्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई समेटिएको छ ।

धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सह–निर्माता रहेको चलचित्रमा यशराज, रिचा र फिजाका साथमा शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौमा सुटिङ गरिएको चलचित्रको केही दृश्य सिंगापुर र फिलिपिन्समा खिचिँदैछ ।

निर्देशक भाष्करकै कथा, शिव ढकालको छायांकन, एनबी महर्जनको द्धन्द्ध निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । ‘लभ यु हमेशा’को वितरण आरआर फिल्मस्ले गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.