राजेश पायल राइको ‘स्वदेश’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: राजेश पायल राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘स्वदेश’ बोलको गीतमा गीतकार श्री सिवाको शब्द रचना रहेको गीतमा संगीत पुष्प गजमेरको रहेको छ । श्री सिवा लामो समय देखि अमेरिका बसेर नेपाली गीत संगीतमा सक्रिय नाम हो । फणिन्द्र राइको संगीत संयोजन रहेको गीतको भिडियोलाइ राज खड्काले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् भने बिकाश ज्ञवालीले कलर संयोजन गरेका छन् । राज खड्का र ऋचा शर्माको अभिनय रहेको भिडियोमा स्वदेशमै बसेर केहि गर्ने र विदेश नजाने कुराहरु गरिएको छ निर्देशक राजले आफ्नो मातृभूमिमा केहि गरेर बस्ने युवाको कथालाई पर्दामा उतारेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.