खनालको पञ्चेबाजाको गीत ‘दुलाहा दुलही’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: भर्खरै मात्र अमेरिकाबाट नेपाल आएका लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले आफ्नो पञ्चेबाजाको बिशेष लोक दोहोरी गीत ‘दुलाहा दुलही’ सार्बजनिक गरेका छन ।

युट्युब मार्फत सार्बजनिक गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत बिसुद्ध मौलिक बनेको छ । सार्बजनिक गीतमा खनालको आफ्नै शब्द र स्वर रहेको छ भने उनलाई गायनमा लोक गायिका पूर्णकला बिसीले साथ दिएकी छिन । थानेश्वर गौतमको संगीत र आशिश अबिरलको संगीत संयोजन रहेको गीतमा शंकर बिसीले कोरियोग्राफी गरेका छन ।

शंकर बिसी र सर्जक खनालले संयुक्त निर्देशन गरेको यो भिडियोमा करिश्मा ढकाल लाइ फिचर्ड गरिएको छ । हाँस्य कलाकारद्वय किरण केसी र शिवहरी पौडेलको बिशेष अभिनय समेत रहेको खनालको यो पञ्चेबाजाको लोक दोहोरी गीत विवाहका बेला र बिबाहको पार्टीमा सदाबहार रुपमा बजाउन र नाच्न मिल्ने प्रकारको छ ।