गायक सुरेनले ल्याए ‘पिरती लरी लै’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: उदियमान गायक सुरेन गौतमले ‘पिरती लरी लै’ बोलको गीत भिडियो सार्वजनिक गरेका छन् । यो गीत विष्णु हरि तिमिल्सिनाको शब्द तथा सुरेन गौतम र विक्रम थापाले संयुक्तरुपमा कम्पोज गरेका हुन्। गीतमा संगितकार दिनेश श्रेष्ठले संगीत भरेका छन् । संजय गौतमले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उत्सव दाहालले छायाकंन गरेका हुन् ।

टेकेन्द्र शाहले सम्पादन गरेका म्युजिक भिडियोमा बुगी–उगी विजेता कविता नेपाली र अर्जुन गौतमको अभिनय रहेको छ । गायक गौतमले यसअघि प्रनभ नामक सांगीतिक एल्बम बजारमा ल्याएका थिए । हाल सालै सार्वजनिक गरिएको गीत उनको दोश्रो एल्बम ‘शुभ जीवन’मा समावेश छ । नयाँ भएपनि निर्देशक संजय गौतमले यस भिडियोमा मार्फत आफ्नो निर्देशकीय क्षमता प्रदर्शन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.