शाहरुखको पहिलो चुम्बन,सलमान टेन्सनमा



हिन्दी फिल्म जब तक हे जानमा शाहरुख खान र क्याट्रिना कैफले धेरै इन्टीमेट सीन दिए । दुबैले यसमा जमेर किसिंग सीन पनि दिएका छन् । जसले यी दुईबिचको सिजलिंग केमिस्ट्रीलाई दर्शाएको पाइएको छ ।
उनीहरुको यो केमिस्ट्री हेरेपछि आम दर्र्शकको पहिलो प्रतिक्रिया थियो ‘यो किसिंग सीनबाट बिचरा सलमान कति आहत भए होलान् ?’ जबकी बलिउडकर्मीको भनाई छ कि ‘क्याट्रिनासँग चुम्बन दृश्य दिनका लागि शाहरुखले आफ्नो वर्षौं पूरानो नियम तोडी दिएका छन् ।

‘यश चोपराका लागि मैले यो सिन दिन स्वीकार गरेको थिएँ’ शाहरुखले भनेका छन् । शाहरुखले आफ्नो करियरमै कहिल्यै यसो गरेका थिएनन् । ‘मैले फिल्ममा किस र हर्स राइडिंगको सिन नगर्ने नियम बनाएको थिएँ । मलाई थाहा पनि थिएन कि स्क्रीनमा यो कस्तो देखिन्छ’ शाहरुखले शायद सलमान खानलाई व्यग्य गर्दै भनेको हुनु पर्छ ‘शर्ट उतारेर पोज दिन मलाई मन पर्दैन । यशजीले मलाई किसींग सिन छ भनेपछि मैले नाई भन्न सकिनँ ।’ बलिउडका यी बादशाहलाई कसले यदा दिलाईदियोस् कि संघर्ष दिनमा उनैले केतन मेहताको फिल्म माया मेमसाबमा थुप्रै हट सिन दिएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.