यज्ञ र प्रतिमाको ‘चिरबिर चिरबिर चरी’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: अकला देवी म्युजिकको निर्माण रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘चिरबिर चिरबिर चरी’ बोलको गीतमा यज्ञ सापकोटा र प्रतिमा भट्टराईको स्वर रहेको छ । यज्ञ सापकोटाको लय तथा शब्द संकलन रहेको छ । भिडियोमा रिना थापा मगर,कृष्ण बहादुर गाहा,दिलिप सेन,राधिका कार्की,दोर्जे तामांग, र प्रिती स्यांग्तानलाई फिचर्ड गरिएको छ । मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका छन् । गायक तथा संकलक सापकोटा सार्बजनिक गीत र भिडियो दुवै उत्कृस्ट बनेकोले दर्शक श्रोताको मन जित्नेमा ढुक्क रहेको बताउछन् ।