हरर जनराको चलचित्र ‘घर’ को ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: हरर जनराको चलचित्र ‘घर’को ट्रेलर सार्बजनिक गरिएको छ । आत्मा र मानिसबीचको लडाईको कथा ‘घर’को ट्रेलर डरलाग्दो बनेको छ । सुरक्षा पन्तलाई ट्रेलरमा गृहिणी र भुतको डरलाग्दो अवतारमा प्रस्तुत गरिएको छ । उनि गर्भवती पनि देखिएकि छिन् । ट्रेलरमा एक झल्को देखिएकी बेनिशा हमालको अवतार पनि भिन्न छ । अर्पण थापा निर्देशित चलचित्रमा अर्पण र सुरक्षाले दम्पतिको भूमिका निर्वाह गरेका छन् ।

चलचित्रमा अर्पण थापा, अस्मिता खनाल, सरोज खनाल, सृष्टि महर्जन, विकाश खनाल लगाएतक कलाकारको मुख्य भूमिका रहेको छ । डिएस डिजिटलको व्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा सन्तोष अधिकारीले लगानीमा सहकार्य गरेका छन् । निर्देशक थापाकै कथा रहेको चलचित्रमा निरज कँडेलको छायाँकन, मिलन श्रेष्ठको सम्पादन, सुर्य थोकरको एक्सन/थ्रिल र श्रीकृष्ण श्रेष्ठ/मनोज श्रेष्ठको भिएफएक्स रहेको छ । चलचित्र साउन ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ ।